लागु औषधसहित २ जना युवक पक्राउ

Dadeldhura hospital

कञ्चनपुर- कञ्चनपुरमा लागु औषधसहित २ जना युवक पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका वडा नं. ६ स्थित शून्य दशमलव ३३ ग्राम खैरो हिरोइन जस्तो देखिने लागु पदार्थसहित २ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले पक्राउ पर्नेमा बैतडीको डिलासैनी गाउँपालिका वडा नं. ३ का २० वर्षीय लक्ष्मण भट्ट र भीमदत्त नगरपालिका वडा नं. ४ का १६ वर्षीय महेश साउद रहेको बताए । उनीहरु दुवैजनालाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक थापाले बताए ।

Loading...