कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि सञ्चालन

कञ्चनपुर, १५ असाेज- कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले स्वास्थ्य सुरक्षाका मापदण्डको पालन गर्दै पर्यटकीय गतिविधि सञ्चालन गर्ने निर्णय गरेको छ । कोरोनाका कारण वैशाख १६ गते देखि गरिएको लकडाउनका कारण बन्द गरिएको पर्यटकीय गतिविधिहरू सञ्चालन गर्ने निर्णय गरिएको प्रमुख संरक्षण अधिकृत दिल बहादुर पुर्जा पुनले बताए।

उनले एक सूचना जारी गर्दै हात्ती सफारी बाहेकका जङ्गल सफारी, जङ्गल वाक, र्याफ्टी तथा ढुङ्गा विहार, क्याम्पी र फिस लगायतका पर्यटकीय गतिविधिहरू खुल्ला गरिएको बताएका हुन्।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...