कञ्चनपुरका सीमानाकामा तालिम प्राप्त कुकुरसहित सुरक्षाकर्मी परिचालन गरिने

कञ्चनपुर, १५ असाेज– जिल्ला प्रहरी कार्यालयले दशैँ–तिहारका लागि सीमानाकामा तालिमप्राप्त कुकुरसहित सुरक्षाकर्मी परिचालन गर्ने भएको छ। सीमा क्षेत्रमा पहिलोपटक कुकुरसहित सुरक्षाकर्मी परिचालन हुन लागेका हुन्।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले चाडपर्वका बेला अवाञ्छित गतिविधि हुन नदिन सीमानाकामा कुकुरसहित सुरक्षाकर्मी परिचालन गर्ने योजना बनाइएको जानकारी दिए ।

Navadurga sun

पश्चिमी सीमा नाका गड्डाचौकी र दक्षिण पूर्वी नाका गौरीफन्टामा कुकुरसहित प्रहरी परिचालन गर्न लागिएको हो। जिल्ला प्रहरी कार्यालयसहित मातहतका सबै प्रहरी युनिट दशैँ–तिहार सुरक्षाका लागि सक्रियरूपमा परिचालन गर्ने तयारमा प्रहरी कार्यालय लागेको छ। त्यसका लागि मातहतका सबै प्रहरी युनिटसँग छलफल अघि बढाइएको प्रवक्ता न्यौपानले बताए।

प्रहरीले दशैँ–तिहारमा सीमानाकासहित पूर्व–पश्चिम राजमार्ग, बढी भीडभाड हुने ठाउँ, आपराधिक गतिविधि बढी हुने क्षेत्र, सार्वजनिक यातायातलगायतका क्षेत्रलाई मध्यनजर गरी सुरक्षा व्यवस्था मिलाउँदै आएको छ। यस वर्ष पनि प्रहरी शान्ति सुरक्षाका लागि योजनाबद्धरूपमा अघि बढ्न लागेको हो।

ADD Khali jpg
ADD Khali jpg
Loading...