किसान बहुद्देश्यीय सहकारी संस्थाको ३१औं वार्षिक साधारण सभा सम्पन्न

लक्ष्मी भट्ट/अत्तरिया- किसान बहुद्देश्यीय सहकारी संस्था लिमिटेडको ३१औं वार्षिक साधारण सभा अत्तरिया स्थित नमस्ते पार्टी प्यालेसमा सम्पन्न भएको छ ।

कार्यक्रमको अध्यक्षता संचालक समिति सचिव लोकराज तिमिल्सिनाले रहनुभएको कार्यक्रममा प्रमुख अतिथि गोनपा वडा नं १ का अध्यक्ष गोपाल दत्त भट्ट रहनु भएको थियो । कार्यक्रमको संचालन अत्तरिया शाखा प्रमुख चक्र प्रसाद भण्डारीले गर्नुभयो भने, स्वागत मन्तव्य गेटा शाखा प्रमुख रोसन भण्डारीले प्रस्तुत गर्नुभयो । इलाका प्रमुख जय संकर न्यौपानेले संस्थाको गतिविधि र उपलब्धिको जानकारी दिनुभयो ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

हाल संस्थामा ३ सय ७ कर्मचारी र ९२ हजार ४ सय १५ सेयर सदस्य छन् । संस्थाको वित्तीय विवरण अनुसार, खुद नाफा १४ करोड २४ लाख ३४ हजार, कुल सेयर पूँजी ५१ करोड ७१ लाख, कुल सम्पत्ति ६ अर्ब ५१ करोड ७ लाख, र कुल निक्षेप ४ अर्ब ६५ करोड ९७ लाख रहेको छ ।

कार्यक्रममा उत्कृष्ट ऋणी र बचतकर्ताहरूलाई सम्मान र पुरस्कार प्रदान गरिएको थियो । प्रमुख अतिथि गोपाल दत्त भट्टले भन्नुभयो कि ऋण उद्देश्यअनुसार लगानी गर्नुपर्छ, नत्र संस्था जोखिममा पर्न सक्छ । अध्यक्ष लोकराज तिमिल्सिनाले भने, “संस्था केवल बचत र ऋण मात्र होइन, किसान लक्षित कार्यक्रम र बहु-उद्देश्यीय काम गर्दै आएको छ । सदस्यहरूले ढुक्क भएर यसमा बचत गर्नुहोस् ।”

संस्थाले निरन्तर आफ्नो सेवामा सुधार गर्दै सदस्यहरूको विश्वास जित्दै आएको उल्लेख गरिएको छ ।

Loading...