दार्चुलाको ब्यासमा घोरेटो बाटो निर्माण सम्पन्न, ब्याँस गाउँपालिकाले लियो जिम्मा

दार्चुला- ब्यासमा घोरेटो बाटो निर्माण गरी व्यवसायीले गाउँपालिकालाई हस्तान्तरण गरेको छ । बुधवार एक कार्यक्रमकाबीच घोरेटो बाटोको उद्घाटन गर्दै गाउँपालिकालाई हस्तान्तरण गरिएको हो । 

Ganyapdhura gau

घोरेटो बाटोको उद्घाटन गाउँपालिका उपाध्यक्ष विनोदसिंह कुँवरले गरेका हुन् । सङ्घीय सरकारद्वारा गत आर्थिक वर्षमा ब्याँसको घोरेटो बाटो निर्माणका लागि गाउँपालिकालाई पाँच करोड ५० लाख विनियोजन भएको थियो । उक्त रकममध्ये चार करोड २४ लाख ५५ हजार बाटो निर्माणमा खर्च भएको निर्माण कम्पनी मिशन–देवहरि जेभीका प्रतिनिधि केशवबहादुर पालले जानकारी दिए । गत आर्थिक वर्षमा समय अभावका कारण काम सम्पन्न हुन नसक्दा रु एक करोड २५ लाख ४४ हजार फिर्ता भएको थियो । 

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

ब्याँस गाउँपालिका–१ छाङरुदेखि वडा नम्बर २ दुम्लिङसम्म करिब ३१ किलोमिटर बाटो निर्माण गरिएको छ । बाटो निर्माण गरिएसँगै बुधवार ब्याँस गाउँपालिका–१ छाङरुबाट केही पशुचौपाया समानसहित जिल्ला सदरमुकामका लागि पठाइएको छ । वडा नम्बर १ का अध्यक्ष अशोकसिंह बोहरालगायतको कुन्चा सदरमुकाम खलङ्गा सरेको थियो ।

ब्याँस गाउँपालिका–१ छाङरु जोड्ने बाटो नहुँदा भारतीय मार्ग हुँदै त्यहाँका स्थानीय पशुचौपायासहित कुन्चा (बसाइसराई) सर्ने गर्छन् । अब नेपालकै बाटो भएर ब्याँसीको कुन्चा सार्न सकिने ब्याँस गाउँपालिकाले जनाएको छ । कडा चट्टानी भू–भाग तम्बाकु, थी भीर, बयलीधारअपिखोलामा जोखिम मोलेर बाटो निर्माण गरिएको बाटो निर्माणमा खटिएका स्थानीयसमेत रहेका प्रेम बोहराले बताए । बाटो निर्माणका लागि गत जेठ ५ गते ब्याँस गाउँपालिका र मिशन–देवहरि जेभीबीच ठेक्का सम्झौता गरिएको थियो ।

आर्थिक वर्ष २०८१/८२ को समायावधिमा उक्त बाटोको निर्माण कार्य नसकिने देखिएपछि असार ७ गते गाउँपालिकाले आन्तरिक स्रोतबाट व्यहोर्ने गरी उक्त बाटो निर्माणको म्याद मङ्सिर १५ गतेसम्मका लागि थप गरेको थियो । जसका लागि गाउँपालिकाले ५० लाख छुट्ट्याएको थियो । पूर्ववत सम्झौता बमोजिम असोजबाट बाटो निर्माणकार्य थालिएको निर्माण मिशन–देवहरि जेभीका प्रतिनिधि पालले  बताए ।

यसैबीच टिङ्कर जोड्ने गरी नेपाली सेनाले सडकको काम गरिरहेकोमा कल्जु भीरमा बाटोको ट्याक खोल्न सेनाले सहयोग गरेको हो । अहिले भारतीय मार्ग बाटै ब्याँस गाउँपालिका–१ को अधिकाँस कुन्चा (बसाइसराई) सदरमुकाम झरिरहेको छ ।

Couple
Loading...