सुन्दर सुदूरपश्चिम कृषि सहकारी संस्था लिमिटेडको सातौं वार्षिक साधारण सभा सम्पन्न

लक्ष्मी भट्ट/अत्तरिया- गोदावरी नगरपालिकाको वडा नम्बर १ मा रहेको सुन्दर सुदूरपश्चिम कृषि सहकारी संस्था लिमिटेडको सातौं वार्षिक साधारण सभा आज (शुक्रबार) प्रतिभा पुस्तकालयको हलमा भव्यतापूर्वक सम्पन्न भएको छ ।

कार्यक्रम संस्थाका अध्यक्ष हरिदत्त भट्टको अध्यक्षता तथा समाजसेवी नन्दलाल भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन सहसचिव कमला भट्टराईले गरेकी थिइन् भने स्वागत मन्तव्य उपाध्यक्ष तेजराज पनेरुले प्रस्तुत गरेका थिए।

Navadurga sun

सभामा प्रस्तुत प्रतिवेदनअनुसार गत वर्षको सेयर पूँजी रु. ५९ लाख ३४ हजार रहेकोमा यस वर्ष सेयर पूँजी बढेर रु. ७० लाख पुगेको छ । त्यस्तै गत वर्षको निक्षेप रकम रु. ९३ लाख २३ हजार ८ सय ३३ रहेकोमा यस वर्ष निक्षेप बढेर रु. १ करोड ५० लाख पुगेको उल्लेख गरिएको छ । हाल संस्थामा ४ जना कर्मचारी कार्यरत छन् भने शेयर सदस्यको संख्या ६ सय ४५ पुगेको छ।

कार्यक्रममा विभिन्न वक्ताहरूले सहकारीको उद्देश्य नाफाभन्दा सेवा प्रधान हुनु पर्ने, कम ब्याजदरमा बिना धितो ऋण सुविधा उपलब्ध गराई समाजसेवामा उन्मुख हुनुपर्ने सुझाव राखे । उनीहरूले शेयर सदस्यहरू सक्रिय भई संस्थाको निगरानी तथा अधिकारको अभ्यास गर्नुपर्ने र उत्पादनमुखी क्षेत्रमा मात्र ऋण लगानी गर्नुपर्नेमा जोड दिए ।

वक्ताहरूले ऋणीहरू इमानदार भई समयमै ऋण फिर्ता नगर्ने हो भने सहकारी दुर्घटनामा पर्न सक्ने चेतावनी दिँदै सबैको सहयोगले मात्र संस्था प्रगतितर्फ अघि बढ्ने बताएका थिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...