१६औँ राष्ट्रपति रनिङ शिल्डमा दुर्गा लक्ष्मी नमूना विद्यालयको ऐतिहासिक १८ स्वर्ण पदक

अत्तरिया – गोदावरी नगरपालिका सम्पन्न १६ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा दुर्गा लक्ष्मी नमूना माध्यमिक विद्यालयले प्रतिस्पर्धीलाई पछि पार्दै ऐतिहासिक सफलता हात पारेको छ। विद्यालयले यस वर्ष १८ स्वर्ण पदक हासिल गर्दै आफ्नो अबधिसम्मको सर्वोच्च उपलब्धि मात्रै होइन, प्रतियोगिताको इतिहासमै नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।

विद्यालयका अध्यक्ष हरीदत्त भट्टराईले यसअघि कुनै पनि वर्ष विद्यालयले १४ स्वर्णभन्दा बढी जित हासिल गर्न सकेको बताए । तर यस वर्ष विद्यालयका विद्यार्थीको अनुशासित तालिम, प्रशिक्षकले गर्दा सर्वाधिक १८ स्वर्ण हासिल गरी उत्कृष्ट नतिजा निकाल्न सफल भएको उनले बताए।

Navadurga sun

अध्यक्ष भट्टराईले भने, “यस वर्ष नगरपालिका तर्फबाट प्रतियोगिता व्यवस्थापन गर्ने जिम्मेवारी हामीलाई दिइएको थियो। विभिन्न चुनौतीहरू भए पनि सामूहिक प्रयास र समन्वयका कारण प्रतियोगिता भव्य र सफलतापूर्वक सम्पन्न गर्न सक्यौं।”

प्रतियोगिता सञ्चालनमा गोदावरी नगरपालिकाको सहयोगका साथै दुर्गा लक्ष्मी सामुदायिक वनको महत्वपूर्ण योगदान रहेको उनले बताए । सामुदायिक वनसँग गरिएको सहकार्यले विद्यालयका लागि उचित खेलमैदान प्राप्त भएको जुन सबैभन्दा ठूलो उपलब्धि भएको उनले बताए।

विद्यालयले अब नियमित रूपमा खेलकुद गतिविधि सञ्चालन गर्न खेल प्रशिक्षकलाई विद्यालयमै राख्ने घोषणा गरेको छ। यसले विद्यार्थीको क्षमता विकासमा दीर्घकालीन प्रभाव पार्ने अध्यक्ष भट्टराईले जानकारी दिए। उनले प्रतियोगिताको व्यवस्थापनमा स्वयं विद्यार्थीहरूले उल्लेखनीय भूमिका निर्वाह गरेका थिए ।

सडक व्यवस्थापनदेखि मैदान सजावट तथा सञ्चालनसम्म, विद्यार्थीहरूको सक्रिय सहभागिताले सम्पूर्ण कार्यक्रमलाई अनुशासित र व्यवस्थित बनाएको बताए।
“चुनौतीपूर्ण कार्यलाई हामीले सहज रूपमा, योजनाबद्ध र भव्य रूपमा सम्पन्न गर्न सफल भयौं । 

आगामी दिनमा खेलमैदानलाई अझ स्तरोन्नति गरी विद्यालयमा विविध खेलहरू नियमित रूपमा सञ्चालन गरिनेछ,” अध्यक्ष भट्टराईले भने । दुर्गा लक्ष्मी नमूना माध्यमिक विद्यालयको यस ऐतिहासिक उपलब्धिले गोदावरी नगरपालिका शिक्षा तथा खेलकुद क्षेत्रमै नयाँ ऊर्जा र प्रेरणा थपिएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...