


कञ्चनपुर- कञ्चनपुरको एक कुखुरा पोल्टि फर्ममा आगलागी भएको छ ।



जिल्लाको कृष्णपुर नगरपालिका–९ राजघाट स्थित आसि देवी चौधरीले सञ्चालन गरेको आसि देवी चौधरी कुखुरा पोल्टि फर्ममा बिद्युतको तार सट भई गएराति १०ः४५ बजे आगलागी भएको हो ।


आगलागी हुँदा फर्म र फर्म भित्र रहेका ३ सय वटा कुखुराका चल्ला, ग्याँस सिलिण्डर लगायतका सामान गरी अन्दाजी मुल्य तिन लाख बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।





