


अत्तरिया- गोदावरी नगरपालिका–५ गेटास्थित एक किनारा पसलमा आगलागी भएको छ । निशा ट्रेडर्स नामक किराना पसलमा आज बिहान आगलागी हुँदा पसलभित्र रहेका सबै सामग्री पूर्ण रूपमा नष्ट भएका छन् ।



इन्द्रबहादुर देउवाको स्वामित्वमा रहेको उक्त पसलमा बिहान करिब ५ः३० बजे आगो लागेको थियो । प्रारम्भिक अनुमानअनुसार विद्युत्को लाइनमा आएको सर्टका कारण आगलागी भएको बताइएको छ । आगोले पसलका सबै सामानसहित बिल, कागजात र लेखापत्रसमेत जलेर नष्ट भएको छ।


आर्थिक क्षतिको विवरण भने अहिलेसम्म सार्वजनिक गरिएको छैन । स्थानीयवासीको सहयोगमा दमकल बोलाएर आगो नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





