१६औँ नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गोदावरीमा सुरु

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका–४, अत्तरियामा रहेको दुर्गालक्ष्मी नमूना माध्यमिक विद्यालयमा आजदेखि १६औँ नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । गोदावरी नगरपालिकाको आयोजना तथा विद्यालयको सहआयोजनामा सुरु भएको प्रतियोगितामा कुल ४३ वटा विद्यालयको सहभागिता रहेको छ ।

Dadeldhura hospital

प्रतियोगितामा नगरका २२ सामुदायिक र २१ संस्थागत विद्यालयका विद्यार्थीहरूले विभिन्न खेल तथा एथलेटिक प्रतिस्पर्धामा भाग लिइरहेका छन्। उद्घाटन कार्यक्रममा नगरपालिका प्रतिनिधिहरू, विद्यालयका शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उत्साहपूर्ण उपस्थिति थियो ।

godawari10 Mahila hinsa
Navadurga sun

प्रतियोगिताले विद्यार्थीहरूमा अनुशासन, आत्मविश्वास, खेलक्षमता र आपसी मित्रता विकासमा महत्त्वपूर्ण योगदान गर्ने आयोजकहरूले बताएका छन् । प्रतियोगिता केही दिनसम्म सञ्चालन हुने र उत्कृष्ट प्रदर्शन गर्ने विद्यालयलाई राष्ट्रपति रनिङ शिल्ड प्रदान गरिने नगरपालिकाले जनाएको छ ।

Loading...