अत्तरिया श्रमिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३औँ वार्षिक साधारण सभा सम्पन्न

लक्ष्मी भट्ट/अत्तरिया– अत्तरिया श्रमिक तथा बचत ऋण सहकारी संस्था लिमिटेडको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । अत्तरियामा रहेको प्रतिभा सामुदायिक पुस्तकालयको सभा हलमा भव्यतापूर्वक सम्पन्न भएको हो ।

संस्थाकी अध्यक्ष लक्ष्मी कुमारी बोहराको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि माननीय तुलसी देवकोटा हुनुहुन्थ्यो भने विशेष अतिथिका रूपमा क्युपेक नेपाल केन्द्रीय प्रतिनिधि मनिराम ढुङ्गाना र काउन प्रदेश सचिव धर्मराज भट्टकाे उपस्थित रहेको थियो ।

godawari10 Mahila hinsa
Navadurga sun

कार्यक्रमको सञ्चालन ऋण समिति संयोजक कल्पना जोशीले गर्नु भएको थियो भने स्वागत मन्तव्य संस्थाकी उपाध्यक्ष शकुन्तला साउदले प्रस्तुत गर्नुभएको थियो ।

संस्थामा हाल ४ जना कर्मचारी र ७ सय ४९ जना सदस्य रहेका छन् । संस्थाको वित्तीय विवरण अनुसार गत वर्षको सेयर पूँजी रु. ३७ लाख ७४ हजार ७ सय रहेकोमा चालु वर्ष रु. ४० लाख ५० हजार ६ सय पुगेको छ ।

Dadeldhura hospital

गत वर्षको बचत निक्षेप रु. ७५ लाख ७३ हजार ४ सय ७० रहेकोमा चालु वर्ष रु. ७७ लाख ९२ हजार ७ सय ३ पुगेको छ । शुद्ध बचत गत वर्ष रु. ६ लाख ४० हजार ४ सय ६१ रहेकोमा चालु वर्ष रु. ४ लाख ८४ हजार ७ रहेको छ ।

संस्था नेपालका दुई ट्रेड युनियनका भातृ संगठन, क्युपेक नेपाल कैलाली र काउन नेपाल कैलालीको सहयोग तथा सहकार्यमा स्थापना भएको हो । अन्य सहकारी भन्दा फरक यो संस्था श्रमिकहरुलाई सिपमूलक सहयोग र बिना ऋण सहायता प्रदान गर्दै आएको छ । साथै यसले सदस्यहरुलाई स्वरोजगार बन्न सहयोग पुर्‍याउँछ ।

सभामा अध्यक्ष लक्ष्मी कुमारी बोहराले आगामी वर्ष आफ्नै भवन निर्माण गर्ने योजना रहेको बताउँदै, नगरपालिका सहित प्रदेश र संघसँग समन्वय गरी भवन निर्माण गर्ने आशा व्यक्त गरिन् ।

प्रमुख अतिथि तुलसी देवकोटाले ऋण असुलमा ध्यान नदिँदा संस्था डुब्ने सम्भावना रहेको भन्दै सञ्चालक समिति र शेयर सदस्यहरुलाई ऋण असुलतर्फ सक्रिय हुन निर्देशन दिइन् । उनले संस्थाले उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने र महिलाहरु ऋण तिर्न पुरुषभन्दा बढी इमान्दार देखिने अनुभव साझा गरिन् ।

कार्यक्रममा वक्ताहरुले यस सहकारी अन्य सहकारी भन्दा फरक भएको र यसमा आबद्ध भएर आफ्नो भविष्य उज्ज्वल बनाउन सकिने बताएका थिए ।

Loading...