कैलालीमा स्कुल बसको ठक्करबाट बालकको मृत्यु

अत्तरिया- गोदावरी नगरपालिका–५, गेटास्थित भित्री सडकमा विद्यालयको बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ।

Dadeldhura hospital

कञ्चनपुरको कृष्णपुर–४ निवासी ४४ वर्षीय पतिराम डगौरा चलाइरहेको विद्याभूषण पब्लिक स्कुलको से १ क ११८२ नम्बरको बसले सोही दिशातर्फ साइकल चलाउँदै आएका गोदावरी–५ का १३ वर्षीय अनुप महरालाई ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ।

Navadurga sun
Godawari sandesh

ठक्करबाट गम्भीर घाइते भएका महरालाई उपचारका लागि तत्काल मायामेट्रो अस्पताल, धनगढी लगिएको थियो। तर, उपचारको क्रममा डाक्टरहरूले उनलाई मृत घोषित गरेका हुन्।

उक्त बस तथा चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

Loading...