बैतडीमा पाँच थान अवैध भरुवा बन्दुक बरामद

Dadhaldhura pur

बैतडी- बैतडीको पाटन नगरपालिका–७ उपल्लाबाटुलामा प्रहरीको संयुक्त टोलीले पाँच थान अवैध भरुवा बन्दुक बरामद गरेको छ। उपल्लाबाटुलाका ५२ वर्षीय भागीराम लुहारको घरमा गोप्य सूचनाको आधारमा बिहीवार गरिएको खानतलासीबाट बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले बताए। गोप्य सूचनामा भागीराम लुहारले घरमै भरुवा बन्दुक बनाउने गरेको बताएको छ। गोप्य सूचनाको आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको सादा पोशाकमा खटिएको टोलीले घरमा छानबिन गर्दा पाँच थान भरुवा बन्दुक फेला पारेको निरीक्षक बडूले बताए।
बरामद भएका पाँच बन्दुकमध्ये तीन थान साबुत अवस्थामा रहेका छन् भने दुई थान बेसाबुत ९अपूर्ण० अवस्थामा भेटिएको बडुले जानकारी दिए। भागीराम हाल उपचारका लागि भारतमा रहेको बताएको छ।

Ganyapdhura gau

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। बैतडीमा पछिल्लो समय अवैध हतियार नियन्त्रणमा प्रहरीले सक्रियता बढाएको छ। यसअघि गएको शनिवार पञ्चेश्वर गाउँपालिका–३ हल्दुविनायकबाट पनि एक थान भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

Couple
Loading...