बझाङको चैनपुर–ताक्लाकोट सडक भासिँदा यातायात अवरुद्ध

बझाङ– ताक्लाकोट सडक तलकोट गाउँपालिका–१, सुनिकोटमा भासिएपछि बिहीबार बिहानदेखि यातायात अवरुद्ध भएको छ। सदरमुकामबाट करिब ८ किमि उत्तर रहेको पक्की सडक करिब ८ मिटर भासिँदा उत्तरी क्षेत्रमा चल्ने सवारी साधन रोकिनुका साथै नजिकका केही घरहरू जोखिममा परेका छन्।

Ganyapdhura gau
Dadeldhura hospital

सेती लोकमार्ग उत्तर खण्ड (चैनपुर–ताक्लाकोट) सडक कार्यालयका प्रमुख वीरन्द्र यादवका अनुसार सडक सतहभन्दा झन्डै ७ मिटर तल धसिएको देखिएको छ। उनले अस्थायी मर्मत कार्य सुरु भइसकेको र शुक्रबारसम्म सडक सञ्चालनमा आउन सक्ने बताए। स्थायी समाधानका लागि ठूलो पर्खाल निर्माण गर्न अध्ययन भइरहेको छ।

Navadurga sun
Godawari sandesh

यो सडक बझाङलाई चीनको ताक्लाकोटसँग जोड्छ र करिब ४० किमिसम्म यातायात चल्ने गर्छ, जसबाट तलकोट–साइपालका स्थानीय तथा साइपाल क्षेत्र जाने पर्यटक लाभान्वित हुन्छन्।

Couple
Loading...