धनगढीमा झडप: प्रदर्शनकारी युवामाथि आक्रमण, तीन जना घाइते

धनगढी- कैलालीको धनगढीमा एमाले नेता महेश बस्नेत आएका बेला प्रदर्शनमा उत्रिएका युवामाथि युवा संघका कार्यकर्ताले आक्रमण गरेको घटनामा तीन जना घाइते भएका छन्।

धनगढी उपमहानगरपालिका–४ की सरिता जोशी धकेलाधकेलको क्रममा लडेर गम्भीर रूपमा घाइते भएकी छन्। उनको देब्रे हातको हड्डी भाँचिएको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्।

Navadurga sun

त्यस्तै बविता जोशी र गोपाल बोहरा पनि घटनामा घाइते भएका छन्। उनीहरु तीनैजनाको उपचार धनगढीस्थित निसर्ग अस्पतालमा भइरहेको छ।

महेश बस्नेतविरुद्ध शान्तिपूर्ण प्रदर्शनमा रहेका ‘जेन–जी’ युवामाथि आक्रमण भएपछि घटनास्थलमा केहीबेर तनावपूर्ण स्थिति सिर्जना भएको थियो।

आफूमाथि अन्यायपूर्ण आक्रमण भएको भन्दै प्रदर्शनकारी युवा उजुरीसहित जिल्ला प्रशासन कार्यालय, कैलाली पुगेका छन्। उनीहरूले घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...