

बैतडी- बैतडीका एक युवाले आफ्नो जन्मदिनको अवसरमा ६० जना विद्यार्थीलाई कापी र कलम वितरण गरेका छन् ।



जिल्लाको डिलासैनी गाउँपालिका वडा नम्बर ७ बाइमका प्रदिप जोशीले स्थानीय शिक्षा केन्द्र अमर माध्यमिक विद्यालयका ६० जना विद्यार्थीलाई कापी र कलम उपहार दिएका हुन् ।


समाजमा जन्मदिनको अवसरमा केक काट्ने, मासु खाने जस्ता अभ्यास बढ्दै गएकाले, जन्मदिनमा केक काट्ने र मासु खाने आफूहरूको संस्कार नभएको सन्देश दिन विद्यालयमा अध्ययनरत विपन्न परिवारका बालकालिकालाई शैक्षिक सामग्री सहयोग गरेको जोशीले बताए ।
जोशीले भने ‘जन्मदिनमा केही राम्रो काम गरौँ भन्ने सोच पलायो । जन्मदिन मनाउन अनावश्यक खर्च गर्न हुन्न भन्ने सन्देश दिन बालबालिकालाई कापी कमल सहयोग गरेँ ।’