देशभर थप १ हजार २ सय ८२ जनामा संक्रमण पुष्टि, ७ जनाको मृत्यु




काठमाडौँ, ११ असाेज– आज देशभर १ हजार २ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १५ हजार ४ सय ८८ नमुनाको पिसिआर तथा एन्टीजेन परिक्षण गर्दा १ हजार २ सय ८२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।



कोरोना सङ्क्रमणबाट आज १ हजार २ सय ६२ जना निको भएका छन् । हालसम्म ७ लाख ६२ हजार ४ सय १६ संक्रमित निको भइसकेका छन् ।


सङ्क्रमणका कारण आज थप ७ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार १ सय ३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



