पद्मा अस्पतालको २० औं वार्षिकोत्सव मनायो

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका अत्तरियामा अवस्थित पद्मा अस्पतालले सोमबार विविध कार्यक्रमसहित आफ्नो २० औँ वार्षिकोत्सव मनाएको छ। ग्रामीण क्षेत्रका जनतालाई सहज र सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यसहित स्थापना भएको यस अस्पतालले दुई दशकको यात्रामा महत्वपूर्ण उपलब्धि हासिल गरेको जनाएको छ।

Ganyapdhura gau

अस्पतालका संचालक तथा प्रबन्ध निर्देशक बरिस्ठ हाड–जोर्नी विशेषज्ञ डा. नरबहादुर मौनी का अनुसार सुदूरपश्चिममा निजी क्षेत्रबाट सञ्चालित अस्पतालको अवधारणा दुई दशकअघि निकै चुनौतीपूर्ण थियो। “त्यतिबेला राजमार्गमा दुर्घटना हुँदा उपचार नपाएर छटपटाउनुपर्ने अवस्था थियो,” उनले स्मरण गर्दै भने, “अत्तरिया क्षेत्रमा निजी लगानीमा पहिलो अस्पताल स्थापना भएपछि स्वास्थ्य सेवामा आएको परिवर्तनले स्थानीयलाई ठूलो राहत दियो।”

Navadurga sun

उनका अनुसार आज पनि महेन्द्र राजमार्गमा कुनै दुर्घटना वा आकस्मिक घटना हुँदा प्रारम्भिक उपचारका लागि पद्मा अस्पताल नै पहिलो भरोसायोग्य केन्द्र बनेको छ। आगामी दिनमा सेवा विस्तारलाई निरन्तरता दिने उल्लेख गर्दै उनले अस्पताललाई आजको अवस्थामा पुर्‍याउन सहयोग गर्ने स्थानीय, कर्मचारी तथा चिकित्सक टिमप्रति धन्यवाद व्यक्त गरे। डा. मौनीले अत्तरिया–महेन्द्रनगर सडकखण्ड नजिकै अस्पतालको आधुनिक भवन निर्माण गर्न योजना अघि बढाइरहेको पनि जानकारी दिए।

Dadhaldhura pur

अस्पतालका प्रशासन प्रमुख सञ्जीव बहादुर शाहले वार्षिकोत्सवका अवसरमा अस्पतालमा उपचाररत बिरामीहरूलाई फलफूल, दूध र चियाको वितरण गरिएको बताए। उनका अनुसार अस्पतालले स्थापना कालदेखि नै हाड–जोर्नी, मुटु तथा अन्य महत्वपूर्ण विशेषज्ञ सेवा निरन्तर प्रदान गर्दै आएको छ।

हाल पद्मा अस्पतालमा आईसीयू, एनआईसीयू, २४ सै घण्टा आकस्मिक सेवा तथा आवश्यक प्राविधिक सुविधासहितका शाखाहरू सञ्चालनमा छन्। भवन अभावका कारण हाल ५० बेडसहित सेवा दिइरहेको अस्पतालले निकट भविष्यमा बेड क्षमता १०० पुर्‍याउने लक्ष्य राखेको शाहले जानकारी दिए।

२०६२ सालमा स्थापना भएको पद्मा अस्पताल प्रा.लि. आज अत्तरिया–कैलाली क्षेत्रमा मात्र नभई सुदूरपश्चिमका विभिन्न पहाडी जिल्ला र राजमार्ग क्षेत्रका जनताको मुख्य उपचार केन्द्र बनेको छ। वार्षिकोत्सव कार्यक्रमका क्रममा अस्पतालले वर्षैभरि १० हजारभन्दा बढी बिरामी लाई सेवा प्रदान गर्ने गरेको तथ्य सार्वजनिक गरियो।

अस्पतालले प्रत्यक्ष तथा अप्रत्यक्ष गरी हाल ८० जनालाई रोजगारी उपलब्ध गराइरहेको छ। स्थापना कालदेखि नै २४ घण्टा सेवा दिंदै आएको पद्मा अस्पतालले प्रत्येक वर्ष सेवा, सुविधा र संरचनात्मक विस्तारलाई प्राथमिकतामा राख्दै आएको प्रबंधनले जनाएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...