


अत्तरिया- कैलालीको गोदावरी नगरपालिका–६, लालपुरमा रहेको नवदुर्गा आधारभूत विद्यालयमा ३ कोठे प्रशासकीय भवनका सिलान्यास गरिएको छ । यसका साथै २ कोठे शौचालय तथा फर्निचर निर्माण सहयोग कार्यक्रमको औपचारिक शिलान्यास गरिएको हो ।
विद्यालय पूर्वाधार विकासका लागि स्थानीय तह र अन्तर्राष्ट्रिय साझेदार संस्थाको महत्वपूर्ण सहकार्यले विद्यालय समुदायमा नयाँ आशा र उत्साह भरेको छ ।


शुक्रबार आयोजित कार्यक्रममा गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले भवन निर्माणको शिलान्यास गरेका हुने । उक्त कार्यक्रममा मेयर भट्टले गुणस्तरीय शिक्षा सुनिश्चित गर्न शैक्षिक पूर्वाधार अत्यन्तै जरुरी भएको बताए । उनले स्थानीय तहले शिक्षा क्षेत्रमा प्राथमिकता दिँदै आएको उल्लेख गर्दै सहकार्यका यस्ता प्रवद्र्धनात्मक परियोजनाले समुदायको विकासमा महत्वपूर्ण योगदान पु¥याउने बताए ।
उक्त भवन निर्माण बिल्ड अन नेपाल र गोदावरी नगरपालिकाको संयुक्त आर्थिक योगदानमा अघि बढाइएको हो । बिल्ड अन एक अन्तर्राष्ट्रिय गैर–नाफामूलक संस्था हो । जसले विकासोन्मुख देशहरूमा विद्यालय पूर्वाधार निर्माणमा प्रत्यक्ष समुदायसँग सहकार्य गर्दै आएको छ ।


नेपालमा काम समयमा सम्पन्न नहुने प्रचलन बीच बिल्ड अनले ठ्याक्कै १ सय ६ दिनभित्र भवन पूरा गर्ने लक्ष्यसहित काम अघि बढाएको छ ।

कार्यक्रममा वडा नं. ६ का अध्यक्ष जग्गु राम चौधरी, बिल्ड अन नेपालका प्रतिनिधि यज्ञराज चौधरी, सन्तोष महतो, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा विद्यार्थीको उपस्थिति थियो ।
परियोजनालाई प्रभावकारी रूपमा सञ्चालन गर्न कृष्ण लुहारको नेतृत्वमा १४ सदस्यीय समिति गठन गरिएको छ । भवन निर्माण सम्पन्न भएपछि विद्यालयका २ सय ७० घरधुरी भित्रका १ सय ५५ विद्यार्थी प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ ।
आयोजनाको कुल लागत ५० लाख ७१ हजार ५ सय १४ रुपैयाँ ६४ पैसा रहेको छ । साथै आयोजना सुरु मिति २०८२ कात्तिक २८ रहेको छ भने समापन मिति २०८२ फागुन १८ तोकिएको छ ।
गोदावरी नगरपालिका वडा न ६ को नवदुर्गा आधारभूत विद्यालयमा ३ कोठे प्रशासकीय भवन, २ कोठे शौचालय तथा फर्निचर निर्माणको कामन सुरु हुदै गर्दा ,“गुणस्तरीय शिक्षा राम्रो पूर्वाधारबाटै सुरु हुन्छ । शिलान्यास गोदावरी नगरपालिकाको शिक्षा सुधार यात्राको अर्को महत्वपूर्ण कदम हो । हामी प्रत्येक बस्तीमा शिक्षा, स्वास्थ्य र आधारभूत सुविधाको समान पहुँच सुनिश्चित गर्न प्रतिबद्ध छौँ ।समुदायले देखाएको उत्साह प्रशंसनीय छ ।”
शिल्यन्यास कार्यक्रममा बिल्ड अन नेपालका यज्ञराज चौधरी भने, “समुदायसँग हातेमालो गरे मात्र शिक्षा क्षेत्रको रूपान्तरण सम्भव हुन्छ । बिल्ड अन नेपालको लक्ष्य विद्यालयका पूर्वाधार निर्माण मात्र होइन, समुदायमा स्वामित्व, सहभागिता र गर्वको भावना जगाउनु पनि हो । हामी १ सय ६ दिनभित्र यो आयोजना उत्कृष्ट रूपमा सम्पन्न गर्ने प्रण गर्दछौँ ।”
त्यसैगरी शिल्यन्यास कार्यक्रममा गोदावरी नगरपालिका वडा न ६ का वडा अध्यक्ष जग्गुराम चौधरीले भने, “हाम्रो वडामा शिक्षा क्षेत्रको विकास पहिलो प्राथमिकता हो । स्थानीय सरकार, समुदाय र बिल्ड अन जस्ता साझेदार संस्थाको सहकार्यले अब हाम्रो विद्यालयले नयाँ पहिचान पाउनेछ । निर्माण कार्य समयमै सम्पन्न गर्न वडामा आवश्यक सबै सहयोग उपलब्ध गराइनेछ ।”





