दार्चुलाको यस वर्ष खरीद गरिएको यार्सागुम्बा अझै विक्री भएन

Dadeldhura hospital

दार्चुला, १० असाेज– दार्चुलाका व्यापारीहरुको यो वर्ष खरीद गरिएको यार्सागुम्बा अझै बिक्री भएको छैन। गत असारदेखि खरीद गरिएको यार्सागुम्बा अझै विक्री भएको छैन्।

स्थानीयवासी र व्यापारीको मुख्य आयस्रोतको रुपमा रहेको यार्सागुम्बा बिक्री नभएपछि स्वयं व्यापारी समेत समस्यामा छन् । ‘यार्सागुम्बा खरिद महङ्गोमा गरिएको छ तर अहिले मूल्य घटेको कारण पनि यार्सागुम्बा विक्रीको लागि काठमाण्डौ लगेका छैनौं,’ व्यापारी धनसिह जागरीले भने, ‘अहिले जिल्लामै स्थानीयबाट सङ्कलनको काम भइरहेको छ।’ अहिले यार्सागुम्बाको गुणस्तर अनुसार ९ लाख देखि २० लाख रुपैयाँ पुगेको छ। व्यापारीहरुले यार्सागुम्बा ग्रेडको आधारमा विक्री गर्ने गर्छन् । यार्सागुम्बाको राम्रो मूल्यको प्रतिक्षामा व्यापारीले यार्सागुम्बा काठमाण्डौ लगेका छैनन्।

नेपालमा मात्रै उत्पादन कम हुने गरेका कारण व्यापारीले भारतबाट नेपाल यार्सागुम्बा भित्र्याउने गरेको व्यापारी बताउँछन्। अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका सूचना अधिकारी सन्तबहादुर मगरका अनुसार शुक्रबारसम्म दार्चुलाबाट २७९ किलोग्राम यार्सागुम्बा निकासी गरिएको छ। कार्यालयले यो यार्सागुम्बा व्यवस्थापन ९सङ्कलन तथा ओसारपसार० निर्देशिका अनुसार ८ क्वीन्टल बढि यार्सागुम्बा निकासीको लागि अनुमति दिनेछ।

यार्सागुम्बा निकासीबाफत अपि नाम्पा संरक्षण क्षेत्रले प्रतिकिलो ३० हजार रुपैयाँका दरले राजस्व उठाउने गरेको छ। अहिलेसम्म कार्यालयले यार्सागुसम्बा निकासीबाफत ८३ लाख ७० हजार रुपैयाँ राजस्व संकलन गरेको मगरले बताए। दार्चुलाका अपी हिमाल, व्यास, दुहुँ नौगाड गाउँपालिकाका अधिकांश स्थानीयको आर्थिक स्रोतको रुपमा यार्सागुम्बा र जडीबुडी हो। जिल्लाको लोलु, अपी फेद, सतगङ्गा, फुल्टेवन, काटै, घट्टेखोला, चाइमटेला, धरमघर, क्षति, नाम्पा, दोपाखे, दुम्लिङलगायतका पाटनमा यार्सागुम्बा पाइने गरेको छ।

Loading...