धनगढीमा स्रोत नखुलेको २८ लाखसहित दुई भारतीय नागरिक पक्राउ

धनगढी- कैलालीमा स्रोत नखुलेको २८ लाख बढी रकमसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।

Dadeldhura hospital

धनगढी उपमहानगरपालिका–३  मिलनचोकबाट भारतको लखिमपुर खिरी पलिया बस्ने २७ वर्षीय हरचित गुप्ता र २९ वर्षीय सागर गुप्तालाई पक्राउ गरिएको हो ।

godawari10 Mahila hinsa
Navadurga sun

उनीहरुको साथबाट स्रोत नखुलेको २८ लाख ३४० नेपाली रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।उनीहरु सवार युपी ३१ सिएन ११७५ नम्बरको कार पनि बरामद गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी नायब निरीक्षक गजेन्द्रबहादुर चन्दको कमाण्डमा खटिएको प्रहरी टोलीले बिशेष सूचनाको आधारमा नगदसहित व्यक्ति पक्राउ गरेको प्रहरीले जनाएको छ ।

Loading...