थ्री डिभिएल सहकारीको चौथो वार्षिक साधारण सभा सम्पन्न

लक्ष्मी भट्ट/अत्तरिया- थ्री डिभिएल बहुउद्देशीय सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा शनिबार अत्तरियास्थित पतञ्जली योग समितिको सभाहलमा सम्पन्न भएको छ ।

सभाको अध्यक्षता संस्थाका अध्यक्ष दीपक ओझाले गरेका थिए भने गोदावरी नगरपालिका सहकारी शाखाका प्रमुख दिव्यराज जोशी प्रमुख अतिथिको रुपमा उपस्थित रहेका थिए।

Navadurga sun

कार्यक्रमको सञ्चालन सचिव देवराज भण्डारीले गरेका थिए भने स्वागत मन्तव्य प्रबन्धक डबल साउदले प्रस्तुत गरेका थिए।

हाल संस्थामा २०० जना शेयर सदस्य र ७ जना कर्मचारी कार्यरत छन्। असार मसान्तसम्म संस्थाको शेयर पूँजी १४ लाख ८८ हजार पुगेको छ, जुन गत वर्षको १० लाख ७१ हजार ३०० भन्दा ३ लाख १६ हजार ९०० ले वृद्धि भएको हो। सोही समयमा बचत रकम ८८ लाख ८० हजार ९ रुपैयाँ ४० पैसा पुगेको छ, जसमा गत वर्षको तुलनामा २५ लाख ३५ हजार ७८ रुपैयाँले वृद्धि भएको छ। त्यस्तै, लगानी रकम ८१ लाख ८६ हजार ६६१ पुगेको छ, जुन गत वर्षको तुलनामा २० लाख १८ रुपैयाँले बढी हो।

प्रमुख अतिथि जोशीले सहकारीले छोटो समयमा उल्लेखनीय प्रगति गरेको बताउँदै नगरपालिकाको तर्फबाट आवश्यक सहयोग गर्न तयार रहेको बताए। उनले सहकारीहरू स्थानीयस्तरमा जनविश्वासका साथ सञ्चालन गर्नुपर्नेमा जोड दिए।

सभाध्यक्ष ओझाले संस्थामा सबै सदस्यलाई सक्रिय सहभागिता जनाउन आग्रह गर्दै सहकारी सुरक्षित रहेको र सबैलाई नडराई बचत गर्न आह्वान गरे ।

ADD Khali jpg
ADD Khali jpg
Loading...