दार्चुलाको उच्च हिमाली क्षेत्रमा हिमपात

दार्चुला- दार्चुलाको उच्च हिमाली क्षेत्रमा मङ्गलबार बिहानदेखि हिमपात भइरहेको छ। 

सोमबार रातिदेखि मौसम बदली भएसँगै  यहाँको व्याँस गाउँपालिका–१ मा पर्ने उच्च हिमाली क्षेत्रमा हिमपात भइरहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वाटर छाङ्रुका गुल्मपति फणिन्द्रबहादुर शाहीले जानकारी दिए। उहाँकोअनुसार अपि र नाम्पा हिमालमा हिमपात भइरहेको छ। 

Navadurga sun

हिमाल नजिकै रहेका गाउँहरु टिङ्कर र छाङ्रुमा भने हाल सम्म हिमपात नभएको तथा अत्याधिक चिसो बढेको उनले बताए। छाङ्रु र टिङ्कर गाउँमा खानेपानीका पाइपहरुमा पानी जमेर पानी आपुर्तीमा केहि समस्या समेत सिर्जना भएको बताइएको छ। 

उच्च हिमाली क्षेत्रमा हिमपात भएसंगै छाङ्रु गाउँको तापक्रम माइनसमा झरेर चिसो ह्वात्तै बढेको उनले बताए। सदरमुकाम खलङ्गामा समेत चिसो बढेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...