कैलालीमा कारको ठक्करबाट एक महिलाको मृत्यु

धनगढी- कैलालीमा कारको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। जिल्लाको भजनी नगरपालिका–४ की ४५ वर्षीय फूलबासनी चौधरीको कारको ठक्करबाट मृत्यु भएको हो।

भजनी नगरपालिका–४ खैलाडमा बिहिवार दिउँसो बा १७ च ५९६ नम्बरको कारले पैदल यात्री ४५ वर्षीय फूलबासनी चौधरी र ५० वर्षीया आसिया चौधरीलाई ठक्कर दिएको थियो। फूलबासनीको बिहिवार साँझ सेती प्रादेशिक अस्पताल, धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो। असिया चौधरीको उपचार जारी रहेको प्रहरीले बताएको छ।

Navadurga sun

नेपाल प्रहरीले कार र कारका चालक लम्की–चुहा नगरपालिका–२ २९ वर्षीय सुनील डाँगीलाई नियन्त्रणमा लिएको छ। प्रहरीले घटनाको विषयमा आवश्यक अनुसन्धान जारी रहेको बताएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...