

कञ्चनपुर- मध्यरातमा कञ्चनपुरबाट ७ जना जुवाडे पक्राउ परेका छन् ।



आज राति १२ः४५ बजे भीमदत्त नगरपालिका–१८ पुष्पलालचोक बस्ने प्रदिप चन्दको पसलमा जुवातास भई रहेको भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय महेन्द्रनगरवाट प्रहरी टोली खटिएको प्रहरीले ७ जनालाई पक्राउ गरेको हो ।


उनीहरुलाई ५ गड्डी तास र नगद ४१ हजार ९७५ रुपैँयासहित पक्राउ गरि आवश्यक अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ।





