कैलाली र कञ्चनपुरबाट १३ लाख ४५ हजारको पटाका बरामद

धनगढी- कैलाली र कञ्चनपुरबाट १३ लाख ४५ हजारको पटाका बरामद गरिएको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका–८ क्याम्पस चोकबाट अन्दाजी मूल्य ९६ हजार ६३० बराबरको बिभिन्न किसिमका पटाका जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिशे अवस्थामा फेला पारी बरामद गरेको जनाएको छ।

Navadurga sun

यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिका–४ ब्रहमदेव रोडबाट अन्दाजी मूल्य १२ लाख ४८ लाख ५२० बराबरको बिभिन्न किसिमका पटाका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिशे अवस्थामा फेला पारी बरामद गरेको जनाएको छ। सो सम्बन्धमा आबश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...