झाडीभित्र लुकाइएको अवस्थामा पटाका बरामद

कञ्चनपुर- कञ्चनपुरबाट प्रहरीले झाडीभित्र लुकाइएको अवस्थामा पटाका बरामद गरेको छ ।

दोधारा चाँदनी नगरपालिका७ कासिपुरे टोल स्थित सिकेन्दर सुनारको खेतबारीमा २ वटा ठुलो कार्टुनमा झाडीभित्र लुकाई छिपाई ल्याइ राखेको अवस्थामा ३ लाख ३३ हजारको पटाका बरामद गरिएको हो ।

Navadurga sun

इलाका प्रहरी कार्यालय दोधारा चाँदनी कञ्चनपुरबाट खटिएको प्रहरी टोली र सशस्त्र प्रहरी बल बिओपि कञ्चभोजबाट खटिएको सयुक्त टोलीले बिहीबार फेला पारी बरामद गरेको हो। उक्त पटाका रित पूर्वक बरामद गरी नियन्त्रणमा लिई नष्ट गरिएको प्रहरीले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...