महेन्द्रनगरबाट करिब २९ लाख मूल्यको पटाका बरामद

कञ्चनपुर- कञ्चनपुरको महेन्द्रनगरबाट करिब २९ लाख मूल्यको पटाका बरामद भएको छ। कञ्चनपुर जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले शनिवार साँझ ६ बजे २८ लाख ९८ हजार ६५० रुपैयाँ बराबरको विष्फोट पदार्थ पटाका बरामद गरेको हो ।

Dadeldhura hospital

भीमदत्त नगरपालिका वडा नम्बर ३ का ४९ वर्षीय खडक पालको घरबाट पटाका बरामद भएको प्रहरीले जनाएको छ ।

Navadurga sun
Godawari sandesh

विषेश सूचनाको आधारमा पालको घरमा खानतलासी गर्दा पटाका बरामद भएको हो । पटाका बरामद गरी उक्त विषयमा थप अनुसन्धान भइरहेको सुदूरपश्चिम प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

Loading...