कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

धनगढी- कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ। कैलालीको धनगढी उपमहानगरपालिका–२ सिसा पोष्ट र भजनी नगरपालिका–५ करुवाघाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ९८ हजार १५० बराबरको सामान बरामद गरिएको छ । 

भन्सार छलीका सुर्ती, विडी, सलाई, साडी, सुटपिस लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मतहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Navadurga sun

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका–४ बसपार्क र बेलौरी नगरपालिका–६ भुराकोटबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ६ लाख ६१ हजार ५९० बराबरको सामान बरामद गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले दुईवटा मोटरसाईकलसहित कोट, टि–सर्ट, भाडाबर्तन लगायतका सामान बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...