धनगढीमा ४ जना जुवाडे पक्राउ

धनगढी- धनगढीमा ४ जना जुवाडे पक्राउ परेका छन् ।

धनगढी उपमहानगरपालिका-४ बोराडाँडी एकताटोल स्थित सोही ठाउँ बस्ने ४६ वर्षीय भोजराज भट्टले संचालन गरेको पसलमा जुवातास खेली रहेको अवस्थामा आइतवार प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 

पसल सञ्चालक भट्टसहित चारै जनालाई नगद ४२ हजार ६७० रुपैँया र ३ गड्डी ताससहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ । 

Loading...