



धनगढी- धनगढीबाट भन्सार छलीका सामान बरामद गरिएको छ ।
धनगढी उपमहानगरपालिका–३ फिस रिसोर्ट नजिक र धनगढी उपमहानगरपालिका–१९ लल्लीपुर घाटबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य २८ हजार ३८६ बराबरको भन्सार छलीका सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।


भन्सार छलीका सुर्ती, बोइलर कुखुरा लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।





