नेपाल आयल निगमका यी डिपो दशैं बिदामा पनि खुल्ने

नेपाल आयल निगमले आफ्नो डिपोहरु दशैं बिदाको समयमा पनि निरन्तर चलाउने भएको छ ।

Dadeldhura hospital

निगमका अनुसार विराटनगरस्थित कोशी प्रादेशिक कार्यालय र मधेश प्रादेशिक कार्यालय अमलेखगन्ज असोज १३ र १७ गते सञ्चालनमा आउने छन् । बागमती प्रादेशिक कार्यालय थानकोट १३, १५ र १८ गते खुल्ने छ । पोखरा र भैरहवा डिपो  १३, १४ र १८ गते चल्नेछन् ।

Navadurga sun
Godawari sandesh

सुर्खेत १३ र १८ तथा धनगढी डिपो १३, १४ र १७ गते खुल्ने निगमले जनाएको छ । चारआली डिपो १३ र १७ गते, नेपालगन्ज डिपो १३ र १४ गेत, वीरगन्ज डिपो १३, १४, १५ र १७ गते तथा दाङस्थित डिपो १३, १४, १५ र १८ असोजमा खुल्ने छन् ।

दिपायल भने आवश्यकता अनुसार खोल्ने तयारी निगमको छ । सार्वजनिक बिदाको दिनमा समेत पेट्रोलियम पदार्थको सहज आपूर्ति गरिने निगमले जनाएको छ ।

Loading...