




बझाङ- बझाङमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ ।






जिल्लाको मष्टा गाउँपालिका–५ किनाडाको जङ्गलमा गाई बस्तु चराउन गएका बेला १३ वर्षीय सुरेश आग्रीलाई करेन्ट लागेको हो। उनको घटना स्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बझाङले बताएको छ ।






जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार, राति चलेको हावा-हुरीका कारण राष्ट्रिय प्रसारण लाइनको तार चुडिँदा भुईमा लत्रिएको थियो । घटनास्थलमा तत्काल प्रहरी टोली खटिएको थियो। प्रहरी अनुसन्धान जारी राखिएको छ ।

