भरुवा बन्दुकसहित पाँच जना पक्राउ

सिन्धुली, ५ असाेज- सिन्धुलीमा भरुवा बन्दुकसहित पाँच व्यक्ति पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय डकाहाको टोलीले आज भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको हो।

घर तथा गोठमा भरुवा बन्दुक लुकाइ छिपाइ राख्दै आएको सूचनाका आधारमा प्रहरीले उनीहरुलाई घरैबाट पक्राउ गरेको जनाएको छ।

Navadurga sun

पक्राउ पर्नेमा दुधौली नगरपालिका–२ जलकिनी र तीनचम्केका रहेका छन्।

जलकिनी निवासी ५० वर्षीय नरबहादुर बस्नेत, ५५ वर्षीय शिवबहादुर कार्की, ४३ वर्षीय चुडाबहादुर राउत र तीनचम्के निवासी ७२ वर्षीय जितबहादुर बरैमगर र ४० वर्षीय भुवनबहादुर रानामगरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले जानकारी दिए। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। (रासस)

ADD Khali jpg
ADD Khali jpg
Loading...