गोदावरी पत्रकार मञ्चका अध्यक्ष भट्टद्धारा जन्मदिनको अबसरमा समाबेशी बिद्यालयलाई खाध्यान्न सहयोग

अत्तरिया, ५ असाेज- कैलालीको गोदावरी नगरपालिका भित्र रहेको बिभिन्न मिडियामा कार्यरत रहेका पत्रकारहरुको साझा संगठन गोदावरी पत्रकार मञ्चका अध्यक्ष हेमराज भट्टले आफ्नो जन्मदिन अत्तरियामा रहेको सु.प समाबेशी आधारभूत बिद्यालयमा मनाएका छन् । उनले शारिरिक रुपमा अपाङ्गता भएका बालबालिकाहरु अध्ययनरत सुदूरपश्चिमको एक मात्र बिद्यालय सु.प समाबेशी आधारभूत बिद्यालयमा रहेका अपाङ्गता भएका बालबालिकाहरुकै बिचमा केके कटेर आफ्नो जन्मदिन मनाएका हुन् ।

गोदावरी एफ एमका समाचार प्रमुख समेत रहेको अध्यक्ष भट्टले बिद्यालयलाई खाध्यान्न समेत सहयोग गरेका हुन् । उनले आवाशिय रुपमा अध्ययनरत बिद्यार्थीहरुलाई थोरै भएपनि राहात होस भन्ने उद्देश्यका साथ चामल ३ कट्टा, दाल ५ केजी, तेल लगायतका खाद्यान्न सहयोग गरेका छन् । उनले गोदावरी पत्रकार मञ्चको आयोजना आयोजित एक कार्यकमका बिच सो सामग्रीहरु बिद्यालयका प्रध्यानाध्यापक राम बहादुर चौधरीलाई हस्तान्तरण गरेका हुन् ।

Navadurga sun

बर्षदिनमा एक पटक आउने जन्मदिनमा अनआवश्य फर्जुल खर्च गर्नुभन्दा थोरै भएपनि राहत होस भनेर बिद्यालय परिवारलाई खाध्यान्न सहयोग गरेको उनले बताए ।

सो कार्यक्रममा गोदावरी पत्रकार मञ्चका सल्लहाकार गोदावरी एफ एमका निर्देशक गोविन्द रोस्यारा र गोदावरी पत्रकार मञ्चका सम्पूर्ण पदाधिकारीहरुको सहभागीता रहेको थियो । कार्यक्रमको संचालन बिद्यालयका संस्थापक मान बहादुर साउँदले गरेका थिए ।

पत्रकार भट्टले प्रत्येक बर्ष आफ्नो जन्मदिन यस्तै दुखी, गरिब, अनाथ, असहाय तथा गरिब परिवारलाई केही न केही सहयोग गर्दै मनाउदै आएका छन् । उनी बिगत ६ बर्षदेखी अत्तरिया क्षेत्रमा रहेर पत्रकारिता गर्दै आएका छन् ।

त्यसैगरी गाेदावरी एफ एम का समाचार प्रमुख तथा गाेदावरी पत्रकार मञ्चका अध्यक्षा भट्टले आफ्नाे जन्म दिनमा यस्ताे किसिमको खाद्यान्न सहयाेग गर्न पाएकोमा खुसी व्यक्त गर्नुका साथै आगामी दिनमा पनि यस्ताे किसिमकाे सहयाेग गर्दै आउने समेत बताएका थिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...