जेन जीको आन्दोलनपछि बन्द भएको गड्डाचौकी नाका खुल्यो

कञ्चनपुर- जेन जीको आन्दोलनपछि बन्द भएको गड्डाचौकी नाका खुलेको छ । जेन जी आन्दोलन पछि भारतीय सीमासुरक्षा बल (एसएसबी) ले गड्डाचौकी सीमा नाकाबाट नेपालीलाई भारत प्रवेशमा रोक लगाएकोमा ५ दिनपछि खुलेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पाँच दिनपछि भारतीय पक्षले नेपाल–भारत मैत्री बस नेपाल प्रवेश गर्न दिएको छ भने गड्डाचौकी स्थित ७ नम्बर पिल्लरसम्म यातायातसमेत सञ्चालनमा आएको छ ।

Navadurga sun

‘यसअघि शारदा ब्यारेजसम्म मात्रै यातायात सञ्चालन भएका थिए आइतबार नाकासम्मै यातायात सञ्चलनमा आएका छन्’, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले भने, ‘नेपाल–भारत मैत्री बस नेपाल भित्रिएका छन् ।’

भारतीय सीमासुरक्षा बलले नेपाली नागरिकलाई नेपाली परिचयपत्र देखाएर भारत प्रवेश गर्न दिएको छ । गत बुधबारदेखि भारतीय सीमासुरक्षा बल (एसएसबी) ले नेपालीलाई भारत प्रवेशमा रोक लगाएको थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...