कैलाली भन्सार कार्यालयमा सरसफाइ

धनगढी- कैलाली भन्सार कार्यालयमा सरसफाइ गरिएको छ । जेन–जी पुस्ताको आन्दोलनका क्रममा मङ्गलवार आगजनी गरिएको भन्सार कार्यालयमा शनिवार सरसफाइ गरिएको हो ।

धनगढीका मोबाइल व्यवसायीहरूले कार्यालय क्षेत्रमा सरसफाइ गरेका छन्। उनीहरूसँगै जेन–जी पुस्ताहरू पनि सरसफाइमा सहभागी भएका छन्। सरसफाइमा खटिएका योगेन्द्र चन्दले कैलाली भन्सार कार्यालयको चेक प्वाइन्टमा सरसफाइ थालिएको बताए।

Navadurga sun

सुदूरपश्चिम मोबाइल व्यवसायी संघका अध्यक्ष सन्तोष धानुकले शनिवार बिहानबाट सरसफाइ थालेको बताए। उनले भने, “भन्सारबाट हाम्रो सबै सामान आयात हुन्छ। हाम्रो पेटसँग जोडिएको छ। भन्सार कार्यालयसँग समन्वय गरेका थियौ। उहाँहरूलाई ल्यापटप, कम्प्युटर पनि चाहिएको छ। हामीले सरसफाइ पनि थालेका छौ।” उनीहरूले दैनिक २ घण्टा देशको लागि श्रमदान गर्ने बताएका छन्।

उनीहरूले भारतबाट आयात गरिएका सामान तथा सवारीको चेकजाँच हुने भवन सरसफाइ गरेका हुन्। कैलाली भन्सार कार्यालयको मुख्य भवन सरसफाइ हुन बाँकी रहेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...