राजनिति मुक्त गर्न भन्दै दार्चुला बहुमुखी क्याम्पसमा तालाबन्दी

दार्चुला- सुदूरपश्चिम विश्वविद्यालयको आंगीक क्याम्पस दार्चुला बहुमुखी क्याम्पसमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन्।

जेन जी आन्दोलनले नेपालको हरेक संरचनामा आमूल परिवर्तन ल्याएको परिस्थितिमा क्याम्पस पनि रानिति मुक्त हुनुपर्ने भन्दै उनिहरुले ताला लगाएका छन्।

Navadurga sun

क्याम्पसमा ताला लगाएका तस्बीर सार्वजनिक गर्दै उनिहरुले लेखेका छन् “सुदूरपश्चिम विश्वविद्यालय, दार्चुला बहुमुखी क्याम्पस भित्र रहेका सबै राजनीतिक दल निकटका प्राध्यापक संघ, कर्मचारी संघ, विद्यार्थी संघ र स्वतन्त्र विद्यार्थी युनियनले निरन्तर राजनीतिक हस्तक्षेप र भागवण्डाको राजनीतिमा संलग्न भएर क्याम्पसको निष्पक्षता र स्वतन्त्रता भङ्ग गरिरहेको हुँदा, यी सबै संघ संगठन खारेजको माग राख्दै निवेदन क्याम्पस प्रशासनलाई दिइए पनि कुनै सम्बोधन नभएकाले, हामी स्वतन्त्र र विवेकी विद्यार्थीहरूले हाम्रा माग पूरा नभएसम्म क्याम्पसमा तालाबन्दी गर्ने घोषणा गर्दछौं।”

ADD Khali jpg
ADD Khali jpg
Loading...