पुनःस्थापना प्याकेज ल्याउन दार्चुलाको दुहुँका बाढी पहिरो पीडितको माग

धनगढी, ४ असाेज– दार्चुला जिल्लाको दुहुँ गाउँपालिकाका बाढी र पहिरो पीडितको पुनःस्थापनाका लागि प्रदेश र संघीय सरकारलाई अनुरोध गरिएको छ। गत भदौ १३ गतेको बाढी र पहिरोले ठूलो जनधनको क्षति हुनुका साथै केही बस्ती क्षतविक्षत भएको थियो सोही बाढी र पहिरो पीडितको पुनःस्थापनाका लागि प्रदेश र संघीय सरकारसँग अनुरोध गरिएको हो।

सुदूरपश्चिम प्रदेश सरकार र संघीय सरकारसँग बाढी पहिरो पीडितलाई राहत र पुनःस्थापनाका लागि विशेष विकास प्याकेज घोषणा गरिदिन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टसँग माग गरिएको छ। मुख्यमन्त्री भट्टले तत्काल मृतकका परिवारलाई सहज तरिकाले राहत दिन लगाउने, घरबारविहीनलाई अस्थायी बसोबासका लागि आवश्यक सामग्री सहयोग गर्ने आश्वास दिएका छन्।

Navadurga sun

मुख्यमन्त्री भट्टले बस्ती स्थानान्तरणका लागि जग्गा दिने अधिकार प्रदेश सरकारसँग नरहेकोले संघ सरकारसँग समन्वय गरेर अघि बढ्नुपर्ने सुझाव दिए। उनले राहत वितरणमा देखिएका बाधा, अड्चन फुकाउन तत्कालै मन्त्रिपरिषद्को बैठक बसेर आवश्यक निर्णय गर्ने बताए। हालको कार्यविधिअनुसार बाढीपहिरोले घर भत्केकालाई अर्को घर बनाउन १५ हजार दिने व्यवस्था रहेको र उक्त रकम कम हुने भएकोले सो रकम पनि बढाउने गृहकार्य भइरहेको उनको भनाइ थियो।

यता माओवादी केन्द्रका सुदूरपश्चिम सहचन्चार्ज लक्ष्मणदत्त जोशी, प्रदेशसभाका उपसभामुख निर्मला जोशी, प्रदेशसभा सदस्य तथा सार्वजनिक लेखा समितिका सभापति कुमारी नन्दा बम, जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख करवीर कार्की र दुहुँ गाउँपालिकाका अध्यक्ष पुलेन्द्रबहादुर कार्की, पहिरो प्रभावित वडाका वडाध्यक्षहरुलगायतले मुख्यमन्त्रीलाई बाढी र पहिरो पीडितका समस्या र समाधानका उपाय सुझाएका थिए।

गत भदौ १३ गते दुहु गाउँपालिकाका विभिन्न ठाउँमा आएको बाढी र पहिरोमा परेर पाँच जनाको ज्यान गएको थियो। बाढी र पहिरोले ६४ घरपरिवार पूर्ण रुपमा विस्थापित भएका थिए। ९५ घर उच्च जोखिममा र ११५ घरमा आंशिक क्षति भएको दुहुँ गाउँपालिकाको तथ्यांकमा उल्लेख छ।

यस्तै ५ माइक्रो हाइड्रो, ६ झोलुंगे पुल, एउटा मोटरेबल पुल पूर्ण रुपमा क्षति भएको तथ्यांकमा उल्लेख छ। यसैगरी तीन किलोमिटर सडक, दर्जन बढी खानेपानी आयोजना, कुलो, सामुदायिक र विद्यालय भवनमा क्षति पुगेको छ। दुहुँ गाउँपालिका वडा नम्बर २ को नरोली, अफरे, बथ्थोली, अङिरखाड, वडा नम्बर ५ को सिमार, नागचौपाती, मखमाली, दमाउढुङ्गा, चुच्चौगाडाका वस्ती स्थानन्तरण गर्नुपर्ने भएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...