दार्चुलाको शैल्यशिखर स्थित विद्यालयमा चोरी

दार्चुला- दार्चुलाको शैल्यशिखर नगरपालिका-१ बारीलस्थित लटिनाथ आधारभूत विद्यालयमा मंगलबार राति चोरी भएको छ । विद्यालयको कार्यालयमा राखिएका करिब डेढ लाख रुपैयाँ बराबरका शैक्षिक र खेलकुद सामग्री हराएको विद्यालयका प्रधानाध्यापक सुरेन्द्र बहादुर तितराले जानकारी दिए ।

Ganyapdhura gau
Dadeldhura hospital

उनका अनुसार अज्ञात समूहले कार्यालयमा रहेका डीजे साउन्ड स्पीकर, ढोलक, खैजडीलगायतका सामग्री चोरी गरेको हो । बुधबार बिहान विद्यालय सञ्चालन गर्ने क्रममा चोरीको घटना पत्ता लागेको थियो ।

Navadurga sun
Godawari sandesh

घटनाबारे आवश्यक अनुसन्धानका लागि विद्यालयले प्रहरी चौकी बलाँचमा निवेदन दिएको छ । चोरीमा संलग्न व्यक्तिहरु वा समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Couple
Loading...