कैलालीको गोदावरी नगरपालिकाले सातौं संविधान दिवस मनायो





प्रकाशबहादुर बोहरा
अत्तरिया, ३ असोज- कैलालीको गोदावरी नगरपालिकाले आज सातौं संविधान दिवस २०७८ मनाएको छ । गोदावरी नगरपालिकाले आफ्नो कार्यालय परिसरमा शहिदहरुको फोटोमा माल्याअर्पण गरी सातौं संविधान दिवस मनाएको हो ।


उक्त संविधान दिवसको कार्यक्रममा गोदावरी नगरपालिकाका उप-प्रमुख रत्ना कडायत, वडाका जनप्रतिनिधी र कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।



त्यस्तै संविधान दिवसकै अवसरमा नगरपालिकाले मालाखेती अस्पतालमा बृक्षारोपण समेत गरिएको छ ।
त्यस्तै गोदावरी नगरपालिकाका उप-प्रमुख रत्ना कडायतले झण्डा पूजन र शहिदहरुको फोटोमा माल्याअर्पणर् दिप प्रज्वलन गरी मालाखतेतीमा आई संविधान दिवस मनाएको बताइन । संविधानमा भएका कानुनी व्यवस्थाहरुलाई पूर्ण रुपमा पालन गरी संविधान दिवस मनाउँदा राम्रो हुने उप-प्रमुख रत्ना कडायतले बताइन ।
त्यसैगरी वृक्षारोपण कार्यक्रममा बोल्दै गाेदावरी नगरपालीकाका निमित्त प्रमुख बसन्त कुमार खत्रीले सातौं संविधान दिवस मनाईरहँदा ज्ञातअज्ञात सहितहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका थिए ।
उक्त वृक्षारोपण कार्यक्रममा गोदावरी नगरपालिकाका उप-प्रमुख रत्ना कडायतको सभाध्यक्षतामा कार्यक्रम संचालन गरिएको थियो भने कार्यक्रममा मालाखेती अस्पतालका कार्यालय प्रमुख बसन्त कुमार खत्री, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, उद्योग वाणिज्य संघका प्रतिनिधि, नेपाल रेडक्रस सोसाइटी, अत्तरिया होटल व्यवसायी संघ, स्वास्थ्य स्वयम सेवीका, नगर संयोजक, राष्ट्रसेवक कर्मचारीहरु, सरोकारवालाहरु लगायतको उपस्थिती रहेको थियो ।



