धनगढीमा सुरु भयो १०औं सुदूरपश्चिम गौरा महोत्सव

धनगढी- सुदूरपश्चिमको पहिचान झल्काउने १०औं सुदूरपश्चिम गौरा महोत्सव सोमबार धनगढीमा सुरु भएको छ । यो महोत्सव डेउडा प्रतिष्ठानको आयोजनामा भएको हो । उद्‌घाटन समारोह सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाले एक विशेष समारोहको बीचमा गर्नुभयो ।

महोत्सवको सभापतित्व डेउडा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष सुरतबहादुर रावत (डोटेली कान्छा) ले गर्नु भएको थियो । प्रतिष्ठानका महासचिव तोयनाथ भट्ट का अनुसार, महोत्सवको मुख्य उद्देश्य काली–कर्णाली क्षेत्रको मौलिक कला डेउडालाई देश–विदेशमा प्रचारप्रसार गर्नु, पर्यटन प्रवर्द्धन गर्नु, भाषा–साहित्य, संस्कृति, भेषभूषा र रहनसहनको संरक्षण गर्नु साथै युवा पुस्तालाई लोकसंस्कृतिमा आकर्षित गर्नु हो ।

Navadurga sun

महोत्सवमा विभिन्न क्षेत्रका ९ जना व्यक्तित्वलाई सम्मान गरिएको छ । सम्मान हुनेहरुमा कला–संस्कृति क्षेत्रबाट अछामका साहित्यकार पदमबहादुर धामी, स्वास्थ्य सेवा क्षेत्रबाट धनगढीका डा. मेराज आलम अन्सारी, शिक्षा सेवा क्षेत्रबाट डोटी, शिखर नगरपालिकाका जगन्नाथ जोशी, समाज सेवा क्षेत्रबाट  दृष्टि फाउन्डेसनका कल्पना भट्ट, चल्ले सैइ श्रुति सम्मान कैलालीका खगेन्द्रराज अवस्थी, परिमल स्नेही समता सम्मान दार्चुलाका कमला सिंह मुस्कान, महाशंकर देवकोटा, वाङ्मय सम्मान डडेल्धुराका बासुदेव पाण्डेय, हरिश्चन्द्र कडायत, साधना सम्मान बाजुराका सङ्गीता शाह, दलबहादुर बोगटी लोक प्रतिभा सम्मान डोटीका भीम अधिकारी रहेका छन् ।

उद्घाटन समारोहमा गौरा नाच, धुमारी, चैत, शिव–पार्वती–गणेश झाँकी, रनपुतला डेउडा प्रस्तुति लगायतका आकर्षक कार्यक्रम प्रस्तुत गरिएका थिए । त्यस्तै, वरिष्ठ डेउडा गायक केशवराज फुलाराको गीत पनि सो अवसरमा विमोचन गरिएको थियो ।

यो महोत्सवले सुदूरपश्चिमको लोकसंस्कृति र परम्परालाई संरक्षण र प्रवर्द्धन गर्ने कार्यमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...