वनदेवी मन्दिर परिसरमा बन्न लागेको खानेपानी आयोजना रोक्न माग गदै निवेदन पत्र

अत्तरिया, २ असाेज- कैलालीको गोदावरी नगरपालिका वडा नं ४ मा रहेको धार्मीक क्षेत्र वनदेवी मन्दिर परिसरमा खानेपानीको आयोजना नबनाउन माग गदै निवेदन पत्र दिइएकाे छ । वैवाहिक कार्य लगायत अन्य पुजापाठका लागि मन्दिर परिसमा थुप्रै संरचनाहरु बन्न बाकिँ रहेकाले स्थानिय वनदेवी युवा क्लबले सो ठाउँमा बन्न लागेको खानेपानीको आयोजना तत्काल रोक्न माग गरेको हो ।

अत्तरिया साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था, स्थानिय र नेपाल सरकारको सहलगानीमा बन्न लागेको नयाँ खानेपानी आयोजनाका लागि तेघरी सामुदायिक वनले जग्गा उपलब्ध गराइरहेको भएपनि त्यहाँ नभई राजमार्गको छेउमा मन्दिरको जग्गा मास्न नहुने क्लबको स्थानिय युवाहरुको माग रहेको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

मन्दिर परिसमा पाकिंङको अभाव रहेको, बिबाह मण्डव लगायत अझै थुप्रै संरचनाहरु बन्न बाकिँ रहेकाले उक्त जग्गा कब्जाको शैलीमा खानेपानी संस्थानलाई दिन नहुने स्थानिय युवा हरि भट्टराईले बताए । उनले खानेपानी आयोजना बन्नु सबैका लागि राम्रो र फाईदाजनक भएपनि सरोकारबालासंगको कुनै समन्ब्य नगरि गरिएको कार्यप्रति आफुहरुको आपत्ति रहेको बताए ।

वनदेवी युवा क्लबवाट युवाहरुको टोली आज आयोजना स्थालमा पुगेर ठेकेदार कम्पनीलाई काम राख्न माग गरेको हो । यसका साथै क्बलका अध्यक्ष सुशान जोशीले निर्माणको जिम्मा पाएका ठेकेदार कम्पनी भिमेश्वर खड्का प्रशंसा जेभीका संचालक दिर्घराज जोशीलाई निवेदन पत्र बुझाएका छन् ।

Dadeldhura hospital

गोदावरी ४ मा पर्ने ग्वासी समैजी देवस्थल सम्भार केन्द्रले खानेपानी संस्थान अत्तरियालाई स्थानिय सरोकारवालाहरुसंग समन्व्य नगरी ७ कठ्ठा जमिन खानेपानी आयोजना संरचना बनाउन आधिकारिकता दिएकोमा उक्त स्थल सार्वजनिक सम्पत्ति र स्थानियहरुको सरोकारबालाको भएकाले धार्मीक, ऐतिहासिक धरोहर माथि कुनै पनि सर्तमा कब्जाको शैलीले हस्तक्षेप मान्य नभएकाले बिलम्ब नगरी तत्काल उक्त कार्य तत्काल रोकिदिन अनुरोध गर्दछौ ठेकेदार कम्पनीका संचालक दिर्घराज जोशीलाई दिएको निवेदन पत्रमा उल्लेख गरिएको छ ।

उक्त ज्ञापन पत्रको बोधार्थ खानेपानी संस्था अत्तरिया, तेघरी सामुदायिक वन, हनुमान मन्दिर ब्यबस्थापन समिति, कैबल्यनाथ कुम्भ मन्दिर र सब डिभिजन वन कार्यालय अत्तरियालाई दिइएको छ । ग्वासी समैजी देवस्थल सम्भार केन्द्र मन्दि ब्यबस्थापन समितिले निर्णय गरेर नै जग्गा उपलब्ध गराएको बताएको छ । समितिका उपाध्यक्ष भुवन भट्टले खानेपानी संस्थाले आग्रह गरेपछि सबैको सहमति मै निर्णय गरेर जग्गा उपलब्ध गराएको बताएका छन् ।

यता अत्तरिया साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष यो नेपाल सरकारको पोजेक्ट भएकाले आफुहरुले समन्ब्य मात्रै गरिरहेको बताए । उनले सुरुमा गोदावरी २ मा पर्ने तेधरी सामुदायिक बनले बिभिन्न सर्तहरु राखेर जग्गा उपलब्ध गराएको भएपनि पछि बिभिन्न खाले मागहरु राख्दै काममा बाधा अड्चन मात्रै हुन थालेपछि आफुहरुले मन्दिर ब्यबस्थापन समितिलाई आग्रह गरेर त्यहाँ आयोजनाको काम अगाडी बढाएको बताए ।

उनले तेघरी सामुदायिक बनको जग्गमा खानेपानी आयोजना बनाउन दिने भनेर निर्णय सहित महराकटानका विपन्न परिवारका सदस्यहरुसंग मिटर पैसा नलिने , चौकीदार र रिडिङको कर्मचारी आवश्यक परे पछि स्थानिय नै राख्ने , ५ वटा स्थानिय निशुल्क खानेपानीका धाराहरु जडान गरिदिने त्यसमा महिनामा १५ हजार लिटर भन्दा बढी पानी उपभोग गरेपनि बाकिँको रकम लाग्ने गरी सामुदायिक वनले जिम्मा लिनुपर्ने लगाएत सबैको सर्तहरु आफुहरु मान्न तयार भएपनि पटक पटक अनआवश्यक मागहरु राखेर किचलो गर्न थालेपछि डिपिआर समेत भएको ठाउँलाई छोड्न बाध्य पारेको अध्यक्ष जोशीको भनाई रहेको छ ।

उनले मन्दिर ब्यबस्थापनको काम कुनै बाधा अड्चन नहुने गरी मन्दिरलाई निशुल्क रुपमा पानीको ब्यबस्थ गर्ने , खुल्ल रुपमा रहेको मन्दिरलाई घेरवार गर्नका लागि बाउण्ड्री समेत बनाउन सहमति भएको बताए । उनले खानेपानी आयोजनाको काम सुरु भैसकेकाले अब भने काम कुनै हालतमा नरोकिने उनको भनाई छ । अहिले आउनुहोस पुरानै ठाउँमा काम गर्नुहोस भन्दैहुनुहन्छ तर यहाँ ६०/७० लाख भन्दा बढी रकम खर्च भसक्यो अब यो कसले तिर्छ उनले भने त्यही भएर यो खानेपानी सबैलाई नभई नहुने कुरा हो त्यसैले अब यो काम निरन्तर हुन्छ ।

उक्त खानेपानी आयोजनावाट शुद्ध खानेपानीको पहुँच भन्दा बाहिर रहेका तेघरीका १३ सय ९३ घरपरिवारलाई खानेपानी पाउने उनले बताए। नेपाल सरकारका प्रोजेक्ट रहेको यसमा स्थानिय सरकार गोदावरी नगरपालिकाको पनि लगानी रहेको छ । २०७८ साल अषाढमा १४ करोडमा खानेपानी आयोजनाका लागि संरचना निर्माणाका लागि भिमेश्वर खड्का प्रशंसा जेभीसंग सम्झौता भएको थियो । यसको कार्यअबधि २ बर्षका रहेको छ ।

Loading...