उदयदेव बहुउद्देश्यीय सहकारीको २७औँ वार्षिक साधारण सभा सम्पन्न

लक्ष्मी भट्ट/अत्तरिया- उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, महेन्द्रनगर अन्तर्गतको एकाइ नं. ३ अत्तरिया शाखाको २७औँ वार्षिक साधारण सभा शुक्रबार अत्तरियास्थित प्रतिभा पुस्तकालयमा सम्पन्न गरेको छ ।

Ganyapdhura gau

Navadurga sun

कार्यक्रमको अध्यक्षता संस्थाका कोषाध्यक्ष डा. शंकरदत्त भट्टले गर्नु भएको थियो भने प्रमुख अतिथिमा गोदावरी नगरपालिकाको सहकारी शाखा प्रमुख दिव्यराज जोशी रहनु भएको थियो ।

संस्थाका सञ्चालक तथा अधिवक्ता प्रकाशराज पाठकले कार्यक्रम सञ्चालन गर्नु भएको थियो भने ऋण समिति संयोजक डा. प्रेम सिंह भाटले स्वागत मन्तव्य राख्नु भएको थियो ।

Dadhaldhura pur

प्रमुख अतिथि दिव्यराज जोशीले सहकारी क्षेत्र जनताको जीवनसँग प्रत्यक्ष सम्बन्धित रहेको बताउँदै, “एक छाक नखाई बचत गर्ने जनतालाई ठग्ने सहकारीहरू अपराधी हुन्,” भन्दै यस्ता संस्था माथि कडा निगरानी आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले उदयदेवले भने पारदर्शिता, सद्भाव र उत्तरदायित्व सहित सेवा दिँदै आएको उल्लेख गर्दै यसलाई सहकारी क्षेत्रमा उदाहरणीय संस्था रहेको उल्लेख गरेको बताउँदै गोदावरी नगरपालिकाले नयाँ सहकारी दर्ता बन्द गरिएको समेत बताए ।

सभामा कोषाध्यक्ष डा. भट्टले प्रस्तुत गर्नु भएको वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ मा संस्थाले २९ करोड ३३ लाख ८१ हजार ६०५ रुपैयाँ आम्दानी गरी ३ करोड ७५ लाख ९२ हजार ११७ रुपैयाँ नाफा आर्जन गरेको छ ।

संस्थामा हाल ६८ जना कर्मचारी कार्यरत छन् भने २०८२ आषाढ मसान्तसम्म २६ हजार २ सय १८ जना सदस्य आवद्ध भएका छन् ।

साथै संस्थाको कुल सेयर पुँजी गत  वर्ष रु. २० करोड ५८ लाख ६९ हजार १०० बाट २०८२ अषाढ मसान्तसम्ममा २२ करोड ६ लाख ९५ हजार ५०० पुर्‍याउन सफल भएको छ जुन गत वर्षको तुलनामा ६.७२ प्रतिशतले वृद्धि भएको छ । संस्थाले आगामी वर्षहरूमा सेयर पुँजीलाई ५० करोड पुर्‍याउने लक्ष्य लिएको छ ।

निक्षेपतर्फ संस्थाको कुल दायित्व १ अर्ब ९९ करोड ६५ लाख ३२ हजार ६९३ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १२.१२ प्रतिशत बढी हो । त्यस्तै, ऋण लगानीतर्फ १ अर्ब ६३ करोड ३० लाख १७ हजार ४४७ रुपैयाँ कर्जा प्रवाह भएको छ, जुन गत वर्षको तुलनामा ७.४५ प्रतिशतले वृद्धि भएको हो ।

संस्थाले ग्रामीण तथा शहरी क्षेत्रका साना उद्यमी, कृषक र व्यवसायीलाई लक्षित गरी सरल कर्जा ९.७५%, कृषि तथा व्यापार कर्जा १२% र अनुत्पादक कर्जा १३.५०% का दरमा कर्जा सुविधा उपलब्ध गराइरहेको छ । साथै, दैनिक बचत, मासिक बचत, आवधिक बचत, बाल बचत, जेष्ठ नागरिक बचत लगायतका योजना मार्फत सदस्यहरूलाई बचतमा प्रोत्साहित गर्दै आएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...