कैलालीमा लागूऔषधसहित ५ जना पक्राउ

धनगढी- कैलालीमा लागूऔषधसहित ५ जना पक्राउ परेका छन्। कैलालीको धनगढी उपमहानगरपालिका–२ चौराहाबाट कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ बस्ने २० वर्षीय नसिव रानासहित ३ जना ४ ग्राम ४६० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित पक्राउ परेका हुन्। उनीहरुले प्रयोग गरेको से ४ प १७४५ नम्बरको मोटरसाइकलसहित तिनै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

Dadeldhura hospital

यस्तै टीकापुर नगरपालिका–५ बस्ने २५ वर्षीय रबि चौधरी लागूऔषधसहित पक्राउ परेका हुन्। चौधरीको घर कोठा खाँनतलासी गर्दा १८० मिलिग्राम खैरो हेरोइन र २ ग्राम ८६० मिलिग्राम चरेश फेला पारी उक्त पदार्थसहित उनलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

Navadurga sun
Godawari sandesh

त्यस्तैगरी धनगढी उपमहानगरपालिका–१३ लक्ष्मीनगरबाट कैलालीगाउँ बस्ने ३२ वर्षीय रामजिवन राना पनि लागूऔषधसहित पक्राउ परेका छन्। रानालाई चेकजाँच गर्दा उनको साथबाट १६० मिलिग्राम खैरो हेरोइन फेला पारी उक्त पदार्थसहित उनलाई प्रहरी चौकी कैलालीगाउँबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका पाँचै जना माथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

Loading...