दार्चुलामा अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण

दार्चुला- भूमि समस्या समाधान आयोग दार्चुलाले जिल्लाका ७२ जना अव्यवस्थित बसोबासीलाई जग्गाधनी लालपुर्जा वितरण गरेको छ । विगतका विभिन्न आयोग, समिति र कार्यदलबाट काम बाँकी रहेका व्यक्तिहरूलाई आवश्यक प्रक्रिया पूरा गरी प्रमाणपुर्जा उपलब्ध गराइएको आयोगका जिल्ला समिति अध्यक्ष लालसिंह धामीले जानकारी दिनुभयो।

Dadeldhura hospital

भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीको लगत सङ्कलनसम्बन्धी कार्यविधि–२०७८ बमोजिम नापजाँच, फिल्ड मुचुल्का, राजस्व सङ्कलनलगायत सम्पूर्ण प्रक्रिया पूरा गरेर लालपुर्जा वितरण गरिएको जिल्ला समितिका सदस्यसचिव एवं नापी कार्यालय दार्चुलाका प्रमुख टिकेन्द्रसिंह धामीले बताए।

godawari10 Mahila hinsa
Navadurga sun

आयोग गठन भएयता जिल्लामा दोस्रो पटक लालपुर्जा वितरण गरिएको हो। यसअघि आर्थिक वर्ष २०८०/८१ मा दुहुँ गाउँपालिका–४, धामी बोहरीगाउँका २० जना अव्यवस्थित बसोबासीलाई प्रमाणपुर्जा वितरण गरिएको थियो। त्यसपछि २०८१/८२ मा शैल्यशिखर नगरपालिका–६ का ४७ जनाले असार ३० गते प्रमाणपुर्जा प्राप्त गरेका थिए। चालु आर्थिक वर्ष २०८२/८३ मा सोही स्थानका थप पाँच जनालाई बुधबार एक कार्यक्रमकाबीच जिल्ला समन्वय समितिको कार्यालय खलङ्गामा प्रमाणपुर्जा वितरण गरिएको अध्यक्ष धामीले बताए। कार्यक्रममा संविधान सभा सदस्य एवं एमाले पोलिटब्युरो सदस्य गणेशसिंह ठगुन्ना प्रमुख अतिथि रहनुभएको थियो।

हालसम्म दार्चुलामा ८१ जनाको फाइल तयार भइसकेको आयोगले जनाएको छ। फाइल तयार भएपछि जग्गाधनीले लगतअनुसार राजस्व बुझाएपछि प्रमाणपुर्जा दिने व्यवस्था गरिएको हो। आयोगका अनुसार दार्चुलामा भूमिहीन दलित १४६ जना, सुकुमवासी ६७ जना र अव्यवस्थित बसोबासी १,५६० जनाले निवेदन दिएका छन्।

Loading...