कञ्चनपुरबाट लागू औषध सहित २ जना पक्राउ

Dadeldhura hospital

कञ्चनपुर- कञ्चनपुरबाट लागूऔषध सहित २ जना पक्राउ परेका छन । शनिबार जिल्लाको भीमदत्त नगरपालिका– १० गड्डाचौकी ब्यारेल चेकपोष्टबाट सोही नगरपालिका– ९ बस्ने २३ वर्षिय दिवाकर सिँह पन्त र २४ वर्षिय रोहित कार्कीलाई प्रहरीले लागूऔषध सहित पक्राउ गरेको हो ।

यु.के. ३६ ए.डी. ५५६३ नम्बरको भारतीय स्कुटरमा सवार उनिहरुलाई शंका लागि चेकजाँच गर्दा उनिहरुको साथबाट १ ग्राम ५९० मिलिग्राम लागूऔषध खैरो हिरोईन बरामद गरेको प्रहरीले जनाएको छ । उनिहरुलाई स्कुटर सहित नियन्त्रणमा लिएको र थप अनुसन्धान भैरहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

Navadurga sun
Godawari sandesh
Loading...