कञ्चनपुरमा ८२८ परिवार भूमिहीन

कञ्चनपुर-  कञ्चनपुरको शुक्लाफाँटाका ८२८ परिवारसँग अझै आफ्नो नाममा जग्गा छैन। जग्गाविहीन ती परिवारहरू बटैया (अधियाँ) खेतीमा निर्भर छन् ।

Dadeldhura hospital

भूमि अधिकार मञ्च सुदूरपश्चिमका अनुसार नगरपालिकाको १६२.७५ वर्गकिलोमिटर क्षेत्रफलमध्ये केवल ८.४२ वर्गकिलोमिटर मात्र खेतीयोग्य छ। जमिन थोरै र जनसङ्ख्या धेरै भएकाले भूमिहीन परिवारहरू वर्षभरि खान नपुग्ने अवस्था सिर्जना भएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

नगरपालिकामा १२ हजार ५८ घरधुरीमध्ये पुरुषको नाममा ९४ प्रतिशत र महिलाको नाममा केवल ५.८ प्रतिशत जग्गा रहेको तथ्यांकले देखाउँछ ।

हालसम्म ११ हजार ८५४ अव्यवस्थित बसोबासी, २१५ भूमिहीन दलित र १४८ सुकुम्बासीले जग्गा स्वामित्वका लागि भूमिसम्बन्धी समस्या समाधान आयोगमा निवेदन दिएका छन् । केही वडामा नापजाँच भए पनि दलित र सुकुम्बासीको समस्या भने अझै समाधान हुन सकेको छैन ।

Loading...