शैक्षिक गुणस्तरमा उल्लेख्य सुधार : नगरप्रमुख बोहरा

बेदकोटका विद्यालयमा शैक्षिक सुधार, उत्तीर्ण दर ५१% पुग्यो

कञ्चनपुर- बेदकोट नगरपालिकाका सामुदायिक विद्यालयले पछिल्ला तीन वर्षमा शैक्षिक गुणस्तरमा उल्लेख्य सुधार देखाएका छन् । चार वर्षअघि कक्षा १२ को नतिजा निकै कमजोर थियो, पाँच प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण हुन्थे ।

२०७८ सालमा पाँच विद्यालयका ५०९ विद्यार्थीमध्ये केवल २८ जना ‘सी ग्रेड’मा उत्तीर्ण भए, र तीन विद्यालयको नतिजा शून्य थियो।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

२०७९ सालपछि नगरपालिकाले अतिरिक्त कक्षा सञ्चालन, आन्तरिक मूल्याङ्कन, साप्ताहिक अभिभावक भेटघाट अनिवार्य बनाउने लगायतका सुधारात्मक कदम चाल्यो। प्रत्येक विद्यालयलाई कक्षा १० र १२ का विद्यार्थीका लागि पाँच लाख रुपैयाँ बजेट पनि विनियोजन गरियो।

परिणाम स्वरूप, २०७९ मा उत्तीर्ण दर १० प्रतिशत, २०८० मा २९.४ प्रतिशत, र २०८१ मा ५१ प्रतिशत पुगेको छ। यस वर्ष ४२१ विद्यार्थीमध्ये २१५ जना उत्तीर्ण भएका छन्।

बैजनाथ माध्यमिक विद्यालयका प्रधानाध्यापक नवराज पन्तले भने, “अभिभावक भेटघाट र अतिरिक्त कक्षाले कमजोर विद्यार्थीमा सुधार ल्याएको छ।” नगरप्रमुख भोजराज बोहराले पनि तीन वर्षमा शैक्षिक गुणस्तरमा उल्लेख्य सुधार भएको बताए।

Loading...