कृष्णपुरमा गौरा पर्व भव्यतापूर्वक मनाउने तयारी अन्तिम चरणमा, उद्घाटन भदौ १५ गते

अत्तरिया- कृष्णपुर नगरपालिका–२ बंक क्याम्पस चोकस्थित गौरा देवी मन्दिर परिसरमा यस वर्षको गौरा पर्व भव्य र सभ्यतापूर्वक मनाउने तयारी अन्तिम चरणमा पुगेको छ ।

नगर प्रमुख हेमराज ओझा र वडा अध्यक्ष अर्जुन साउदको प्रत्यक्ष निगरानीमा सरसफाइ, पानी पिच र मैदान व्यवस्थापनका काम तीव्र गतिमा भइरहेको छ । कार्यक्रमको उद्घाटन भदौ १५ गते हुने र भदौ १६ गतेदेखि विभिन्न प्रतियोगिता, सांस्कृतिक तथा धार्मिक गतिविधि सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।

Navadurga sun

वडा अध्यक्ष साउदका अनुसार वर्षा हुँदा मैदान हिलाम्मे हुने समस्या समाधानका लागि अग्रिम तयारी गरिएको छ । स्थानीय संघसंस्था, विद्यालय र सहयोगी दातासँगको सहकार्यमा मैदान र वरपरका क्षेत्र व्यवस्थित बनाउने काम भइरहेको छ ।

समितिका अनुसार यस वर्ष पर्वमा दैनिक करिब १० हजार दर्शकको उपस्थितिको अपेक्षा गरिएको छ। अत्तरिया बजारदेखि १३ किलोमिटर पश्चिम राजमार्ग नजिकै पर्ने मैदानमा धार्मिक अनुष्ठानसँगै सांस्कृतिक कार्यक्रम हुनेछ। यस क्रममा विभिन्न राष्ट्रिय कलाकारको प्रस्तुति र उत्कृष्ट कलाकारको सम्मान विशेष आकर्षण हुनेछन् ।

आयोजक समितिले सुदूरपश्चिमको गौरा पर्वलाई नमुना पर्वका रूपमा प्रस्तुत गर्ने लक्ष्य राखेको छ । नगरपालिकादेखि स्थानीयवासीसम्मको सक्रिय सहभागिताले यस वर्ष पर्वलाई सुरक्षित, स्वच्छ र व्यवस्थित बनाउन योगदान दिने विश्वास व्यक्त गरिएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...